ब्राजिल : जेलभित्रै सामूहिक झडप, ५२ जना कैदीबन्दीको मृत्यु

 साउन १४, २०७६ मंगलबार ७:५६:५० | एजेन्सी
unn.prixa.net

ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको ज्यान गएको छ । ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच झडप भएको हो । कैदीबन्दीबीच करिब ५ घण्टासम्म झडप भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अल्तामिरा जेलभित्र रहेका एक कैदीबन्दीको समूह अर्को कैदीबन्दीको समूहमा  गएपछि झडप सुरु भएको थियो । जेलको एक भागमा कैदीबन्दीले आगो लगाएका कारण केहीको निसास्सिएर ज्यान गएको हो भने १६ जनाको टाउको काटेर हत्या भएको हो ।

कैदीबन्दीहरुले जेलका अधिकारीहरुलाई पनि बन्दी बनाएका थिए । स्थानीय समय अनुसार सोमबार बिहान सात बजेदेखि सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । ब्राजिलको सञ्चारमाध्यममा जेलबाट धुँवा आइरहेको दृश्य देखाइएको छ भने अन्य केही भिडियोमा कैदीबन्दीहरु जेलको छतमा घुमिरहेको दृश्य पनि देखाइएको छ ।

जेलभित्र रहेका कमाण्डो क्लासेज ए समूहका कैदीबन्दी र कमाण्डो वेर्मेल्हो  समूहका कैदीबन्दीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ब्राजिलको जी १ समाचार संस्थाका अनुसार जुन जेलमा झडप भएको थियो त्यहाँ २ सय कैदी राख्न मिल्थ्यो तर त्यहाँ ३ सय ११ जना कैदी रहेका थिए । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण पनि ब्राजिलमा विभिन्न समयमा जेलभित्र झडप हुँदै आइरहेको छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया