भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
धनकुटा– जिल्ला प्रशासन कार्यालय धनकुटाले गएको आर्थिक वर्षमा राहदानी वितरण बापत एक करोड १३ लाख ९० हजार राजश्व संकलन गरेको छ ।
गएको आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दुई हजार ९६ जनाले राहदानी लिनको लागि निवेदन पेस गरेका थिए । त्यसमध्ये गएको आर्थिक वर्षमा दुई हजार ८४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी सुधिर साफीले बताउनु भयो ।
त्यसैगरी राहदानी लिनको लागि निवेदन पेस गर्नेमा ६ सय ७ जना महिला र एक हजार ४ सय ८९ जना पुरुष रहेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत राहदानी लिँदा ढिलो हुने भएपछि चाँडो राहदानीका लागि कार्यालयले ९ सय ८० जनाको निवेदन काठमाण्डौ सिफारिस गरेको थियो । कार्यालयले सिफारिस गरेकामध्ये चार सय ४० जना महिला र पाँच सय ४० जना पुरुष रहेको सूचना अधिकारी साफीले जानकारी दिनुभयो ।
कार्यालयबाट वितरण गरिएको राहदानी लिनेहरुमा पाँच सय ८७ जना महिला र एक हजार ४ सय ९७ जना पुरुष गरी दुई हजार ८४ जना मात्र रहेका छन् । बाँकी रहेका राहदानी कार्यालयमा आइसकेको भए पनि गएको आर्थिक वर्षभित्रमा लिन आएका छैनन् ।
बितेका वर्षहरुको तुलनामा गएको वर्ष महिलाहरुले राहदानी लिने क्रम बढेर गएको छ । वैदेशिक रोजगारीमा जानको लागि महिलाहरु बढी मात्रामा राहदानी बनाउन आउने गरेको सूचना अधिकारी साफीले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।