टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । आँधीका कारण दर्जन मानिस सम्पर्कविहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
६० वर्ष यताकै ठूलो वर्षा र आँधीको प्रभावले पाँच जनाको ज्यान गएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको बीबीसीले जनाएको छ । राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा बढी पानी परेको छ । अहिले यो आँधी प्रतिघण्टा २ सय २५ किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी रहेको खबरमा उल्लेख छ ।
आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । आँधीका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिए पनि ५० हजार जति मात्रै सुरक्षित ठाउँमा गएका खबरमा उल्लेख छ ।
जापानको मौसम पूर्वानुमान गर्ने निकायले आइतबार पनि आँधीको प्रभाव पर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।