प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४, खुम्जुङका दुई जना एकल महिलाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।
हिमालमा श्रीमान् गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले ६८१२ मिटर अग्लो आमादब्लम हिमालको आरोहण गरेका हुन् । टु विन्डो एक्पिडिसनमार्फत आमादब्लमको शिखरमा पुगेको भन्दै आरोही निमा डोमा शेर्पाले सहयोग गर्दै सबैलाई सामाजिक सञ्जालमार्फत धन्यबाद दिनुभएको छ ।
एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन भन्दै उनीहरुले गएको गएको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए । फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर तथा निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् ।
हिमालबाट खुशी खोसिएका फुरदिकी र निमा अहिले खुशी खोज्दै हिमालमै गइरहेका छन् ।
आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने उनीहरुको लक्ष्य छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सिप र योजना प्रदान गरेर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका क्रममा आफूहरु सगरमाथा चढ्न गएको उनीहरुले बताएका छन् ।
श्रीमान गुमाएपछि बाँच्नकै लागि भारी बोकेर हिमालतिर दौडिरहेका फुरदिकी र निमाले गएको जेठमा सगरमाथा र यही सोमबार आमादब्लम हिमालको आरोहण गरेका हुन् ।
आरोही निमाडोमा शेर्पाले एकल महिला सशक्तिकरणको अभियान अन्तर्गत हिमाल आरोहणमा लागेको भन्दै आफूहरु हिमालमा ज्यान गुमाउनेका श्रीमतीहरुको आयआर्जन वृद्धि गर्ने काममा केन्द्रित हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।