टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको छ ।
पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
मुशर्रफलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।
पेशावरको उच्च अदालतका मुख्य न्यायाधिश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधिश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो ।
विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो । देशद्रोहको यो मुद्धा सन् २०१३ को डिसेम्बरदेखि अल्झिदै आएको थियो । तीनसदस्यीय इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ ।
मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोमेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेश गर्न डिसेम्बर ५ सम्मको अन्तिम सीमा समय तोकेको थियो ।
मुशर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केही दिनअघि मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका थिए ।
साथै उनले जाँच आयोगलाई आफ्नो अवस्था बुझ्न दुबई नै आए हुन्छ भनेका थिए ।
संविधानको अवहेलना र गम्भीर देशद्रोहको विषयमा उनले भनेका थिए, ‘यो विषय मेरो विचारमा पूरै निराधार छ । दोशद्रोहको कुरा होइन मैले त देशको धेरै सेवा गरेको छु । हामीले देशको लागि युद्ध लड्यौँ र दश वर्षसम्म देशको सेवा गर्याैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
J.S.Karki
Dec. 17, 2019, 8:46 p.m.सत्तामा पुगेपछि जनता लाई थाहा नै नदिई खोला नाला सिमाना बेच्ने नेता पनि देश द्रोही हुन्। इनलाई पनि पत्ता लगाएर देश द्रोही को मुद्धा लगाउनु पर्छ।