फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - देशका धेरै ठाउँमा वर्षा र हिमपातका कारण चिसो बढेको छ ।
बिहान एकछिन आकाश खुले पनि दिउँसो भएलगत्तै मौसम धुम्मिएको छ । काठमाण्डौसहित सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा, सुर्खेतलगायत ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
यस्तै उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात भैरहेको छ । डोटीको सदरमुकाम सिलगढीमा २५ वर्षपछि हिमपात भएको छ । सदरमुकाम सिलगढीमा आधा फिटसम्म हिउँ जमेको छ । सदरमुकाम सिलगढीसँगै जोडिएका स्वाँडा, मछिन्तोला, गोलादेउ, झिग्रानालगायतका गाउँमा पनि बाक्लो हिउँ परेको छ ।
यस्तै, बझाङ र बैतडीका कतिपय ठाउँमा हिमपातका कारण विद्युत तथा इन्टरनेट बन्द भएको छ भने जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी चलेका छैनन् ।
जुम्लामा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । चिसोका कारण स्थानीयबासिन्दा घर बाहिरको काममा निस्कन सकेका छैनन् । जुम्लाको तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
यस्तै मुस्ताङको जोमसोममा १ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण जोमसोम विमानस्थलमा उडान हुन सकेका छैनन् । खानेपानीको धारामा पानी जमेको स्थानीयबासिन्दाले बताएका छन् ।
पश्चिममा पानी र हिउँ पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले मध्य र पूर्वमा पनि पानी पर्न थालेको हो । यो प्रणाली शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।शनिबारको मौसम केही खुले पनि पूर्ण रुपमा खुल्न भने अझै केही दिन लाग्ने मौसमविद मानन्धरले जानकारी दिनुभयो ।
काठमाण्डौको न्यूनतम तापक्रम अहिले ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।