प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम – सानीभेरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर पुनको घरखेतमा बाढी पसेपछि उहाँको बिचल्ली भएको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर १ पक्रैयाँमा रहेको घर र वरिपरीको ६ रोपनी जग्गा बाढीले क्षति गरेपछि वडा अध्यक्ष वडा कार्यालय पुग्नुभएको हो । बिहीबार साँझ ४ बजेदेखि परेको अबिरल वर्षाका कारण घरभन्दा माथिको खहरे खोलाको बाढीले घरखेत पुरेको छ । बाढीले मानवीय क्षति नगरे पनि घर र खेतमा बाढी पस्दा खेतको बाली, आँप र लिचीको बगैँचा पूर्ण रुपमा क्षति गरेको छ ।
अध्यक्ष पुनले बाढीले गर्दा आफू घरबारबिहीन जस्तै भएको बताउनुभयो । उहाँले वडाका अन्य घर खेतहरु समेत जोखिममा रहेको बताउनुभयो । उहाँले छोराछोरी जिल्ला बाहिर रहेको र घरमा आमा, श्रीमती र आफू रहेकोले वडा कार्यालयमा बस्न आइपुगेको बताउनुभयो ।
साविकको पूर्तिमकाँडा गाविसमा पर्ने पक्रैयाँ बस्ती र आसपासको क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।