ट्रम्पले भने– 'मैले पाउनु पर्ने नोबेल शान्ति पुरस्कार अरु कसैलाई दिइयो'

 पुष २७, २०७६ आइतबार ७:४२:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासाे पनि व्यक्त गरेका छन् । 

नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् । ओहायोको टोलेडोमा आफ्ना समर्थकसँग ट्रम्पले भने, ‘म तपाईँहरुलाई नोबेल शान्ति पुरस्कारको विषयमा बताउन चाहन्छु । मैले एक देशलाई बचाए र त्यसपछि त्यही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिन गइरहेको कुरा थाहा पाएँ, देशलाई बचाए बापत । त्यसपछि मैले यसबारेमा केही गर्न सक्छु कि भनेर सोचेँ । तर मैले गर्दा नै एउटा ठूलो युद्ध टरेको हो, यसबारेमा कसैलाई थाहा छैन ।’

ट्रम्पको यो भिडियो ट्वीटरबाट पनि शेयर गरिएको छ । 

डोनाल्ड ट्रम्पले न त नोबेल पुरस्कार विजेताको नाम लिए न त त्यस देशको नाम नै लिए । तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको बारेमा कुरा गरिरहेको प्रस्ट हुन्थ्यो । ४३ वर्षीय अहमद अफ्रिकामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । 

अबी अहमद सन् २०१८ अप्रिलमा इथोपियामा महिनौँसम्म सरकार विरोधी प्रदर्शनपछि प्रधानमन्त्री बनेका थिए । विरोध प्रदर्शनका क्रममा इथोपियाका पूर्व प्रधानमन्त्रीले पद छोड्नु परेको थियो । 

प्रधानमन्त्री बनेपछि अहमदले उदारताको परिचय दिएका थिए । उनले जेलमा बन्द हजारौँ कार्यकर्तालाई रिहा गर्दै निर्वासित असन्तुष्टलाई देश फर्किन सक्ने अनुमति दिए । 

उनले देशमा सञ्चारमाध्यमलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए र ठूला ठूला पदमा महिलाहरुको प्रतिनिधित्व गराए । गएको वर्ष अक्टोबरमा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया