टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटनामा अमेरिकी मुलका चालक दलको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
यसअघि बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा ठूलो 'एअर ट्याङ्कर' (आगो निभाउन पानी बोकेको विमान) हराइरहेको बताइएको थियो ।
विमान दुर्घटनाको कारणबारे पनि थाहा भइसकेको छैन । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) की प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताइन् ।
‘हाम्रो विचार, प्रार्थना र हार्दिक समवेदना दुर्घटनामा ज्यान गुमाएका परिवारमा जान्छ’, उनले समवेदना प्रकट गर्दै भनिन् ।
चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ ।
अस्ट्रेलियाको जङ्गलमा लागिरहेको आगो निभाउनको लागि मद्दत गर्न ती चालक दललाई अनुबन्धन गरिएको न्यु साउथ वेल्सको रुरल फायर सर्भिसले बताएको छ ।
हरक्युलिस सी–१३० पानीको फोहरा फ्याँक्ने विमान आगलागी भएको क्षेत्रका लागि तैनाथ गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।