टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – चिनियाँ नागरिकहरु चिनियाँ चन्द्र वर्ष मनाउने तयारी गरिरहँदा सरकार हुबेई प्रान्तमा घातक कोरोना भाइरससँग लड्ने तयारीमा छ ।
कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन् । चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठूलो भिड एकसाथ भेला हुन रोक लगाइएको हो ।
वुहान र हुबेईका अन्य शहरमा सार्वजनिक यात्रामा रोक लगाइएको छ । सार्वजनिक बस, विमानस्थल र ट्रेन लगायतमा प्रतिबन्ध गरिएको छ । भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा प्रतिबन्ध लगाइएको हो।
शुक्रबार चिनियाँ अधिकारीहरुले कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको बताएका छन् । साथै आठ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।
बिहीबार अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ । यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि देखिइसकेको छ ।
‘आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन’
ज्यान गुमाउनेमध्ये धेरै हुवेईका छन् । जसमा १३ जनाले ज्यान गुमाएका छन्, या सङ्ख्या विदेशमा पुष्टि गरिएको भन्दा कम हो । यही कारण विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीबार भाइरसलाई ‘अन्तर्राष्ट्रिय आपतकाल’ भनेर घोषणा गर्नबाट अस्वीकार गरेको थियो ।
‘यो अझै पनि एक बन्न सक्छ’, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदहानोम घेब्रिएसुसले भने ।
विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन समितिले भनेको छ, ‘अहिले आपतकाल घोषणा गर्ने समय भइसकेको छैन । यो समितिले दुई वटा कारण अघि सारेको छ– ‘विदेशमा सीमित सङ्ख्या र चीनले गरिरहेको प्रयास ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।