त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा आयो

 माघ २७, २०७६ सोमबार २१:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा रहेको एक कफी शपमा लागेको आगो नियन्त्रणमा लिइएको विमानस्थलले जनाएको छ ।

राति साढे आठ बजेको समयमा विमानस्थलको कफी शपमा लागेको आगो चार वटा दमकलको सहयोगमा झण्डै एक घण्टापछि नियन्त्रणमा लिइएको विमानस्थलले जानकारी दिएको छ ।

आगलागी लगत्तै प्रभावित भएको उडान फेरि सामान्य अवस्थामा फर्किएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया