जुम्लाका ८ वटै पालिका साक्षर घोषणा
मंसिर ८, २०८१ शनिबार
शुक्रबार १४ फ्रेबुअरीको दिन बिहानै कफी लिन पसल गएकी थिएँ । पसलमा अन्दाजी सात वर्षको बालक भेटियो । मलाई देख्नेबित्तिकै उसले भन्यो, 'ह्याप्पी भ्यालेन्टाइन डे' । सुनेर अचम्म लाग्यो । एकछिन त के भनौँ के भयो । पछि ‘थ्याङ्क यु बाबु’ भनेँ ।
उतिखेरै उसले 'सेम टु यु' भन्नुपर्छ भन्यो । ओके छ त, 'ल सेम टु यु' भनेँ । त्यो बालक रमाउँदै 'एस्, आई एम् सो ह्याप्पी' भन्दै रमाउन थाल्यो ।
‘मलाई हजुर अस्ति नै देखि धेरै मन परेको थियो । आज त झ्याप्पै भेटेंँ', त्यो अन्जान बालकको मुहारमा खुशी देखेँ ।
मलाई हतार छ गएँ ल, भनेर घर पुगेँ । घरमा पुगेर कफी बनाउन थाल्दा मनमा प्रश्नहरु उब्जिन थाले । हिजोआज किन हाम्रो संस्कार फेरिएको छ ? फेरिएको संस्कारलाई हामीले किन अँगाल्न सकेका छैनौँ ? प्रेम गर्नु आफैमा नराम्रो हो र ? यस्ता अनेकौँ प्रश्नले कफीलाई भुलायो ।
मानिस सामाजिक प्राणी हो । समाजमा घुलमिल हुन र जीउनको लागि मानवीय आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । त्यो आवश्यकता पूरा गर्ने क्रममा हर कुरासँग प्रेम बसेको हुन्छ । तर बिडम्बना, आज समाजमा यसको सन्तुलन बिग्रँदै गएको छ । जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ ।
सपना बिग्रँदा र छाती चर्कँदा सन्तानलाई के भयो होला ? कस्तो अवस्थामा छन् होला ? भन्ने आशङ्कामा रातभर जागा रहने आमाबुवालाई वास्ता नगर्ने युवायुवती 'रोज डे', 'किस डे', 'चकलेट डे' र 'भ्यालेन्टाइन डे' को व्यग्र प्रतिक्षामा बसिरहेका हुन्छन् ।
त्यसो त बुवाआमालाई पनि सम्झन्छन् । तर वर्षको एक दिन । आमाको मुख हेर्ने र बुवाको मुख हेर्ने दिन ।
मनमा फेरि प्रेम दिवसकै कुरा खेल्न थाले । युवाका लागि लक्षित प्रेम दिवसलाई धेरैले प्रेम गर्ने दिनको रुपमा मात्रै बुझ्ने गरेका छन् । तर वर्षमा एक दिन मात्रै होइन, माया गर्ने मनको लागि हरेक दिन प्रेम दिवस हुन सक्छ ।
अनि कसैले कसैलाई स्वच्छ मनले माया गर्नु विकृति होइन । तर हाम्रो समाजले त्यो बुझ्न सकेको छैन या त हामीले बुझाउन सकेका छैनौँ । ‘फलानोको त लभ परेको थियो रे, अब त्यो अकार्को जुठोलाई कस्ले हेर्छ ? फलानी त आज योसँग मस्किँदै हिँडेकी थिइ निको चाल छैन’, यसैगरी कुरा काट्ने धेरै हुन्छन् ।
यस्तो सुन्दा मनमा प्रश्न उठ्छ, के कैसैले कसैलाई माया गर्नु गल्ती हो र ? कसैसँग घुम्न जानु नराम्रो हो र ? पक्कै पनि होइन । हाम्रो सोच्ने तरिका मात्र गलत हो ।
त्यसो त पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय भ्यालेन्टाइन डे मा विकृति पनि बढ्दै गइरहेको छ । प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामी कहाँ प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि हो ।
प्रेमलाई कुनै सूत्रमा बाँध्न सकिँदैन । प्रेमको कुनै हद र सीमा पनि हुँदैन । यसको नाप गर्ने कुनै एकाइ पनि छैन । न त यसको सुरु छ, न यसको कुनै अन्त्य नै । प्रेम भनेको जीवन हो, यदि आमालाई पेटको बच्चाप्रति प्रेम नहुँदो हो त, जीवन कहाँ रहन्थ्यो ? जीवन कुनै नियमले चल्दैन । त्यसैले प्रेमको पनि कुनै नियम हुँदैन ।
मायामा कुनै स्वार्थ र शर्त हुनु हुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको मागलाई स्वीकार गर्नु हो । माया हँदै नहोस्, भएपछि सधैँभरिलाई होस् ।
जे जस्तो डे र दिवस भए पनि यस्ता अवसरमा यस्ता दिवसले सबैलाई नि:स्वार्थ माया गर्न सिकाओस् । पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि प्रेमभाव भरियोस् । 'ह्याप्पी भ्यालेन्टाइन डे !'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।