नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनका कारण गोकुलम केरला फुटबल टिमले पहिलो पटक भारतीय महिला लिगको उपाधि जितेको छ ।
फाइनलमा क्रिप्सा एफसीलाई तीन दुईले हराउँदै गोकुलमले उपाधि उचालेकाे । सावित्राका लागि यो लगातार दोस्रो भारतीय महिला लिगको उपाधि हो । यसअघि सावित्राले सेथु एफसीबाट लिगको उपाधि जितेकी थिइन ।
भारतको बैंगलोर रंगशालामा भएको खेलको दोस्रो मिनेटमा नै गोकुलमले अग्रता बनायो । उसका लागि पर्मेश्वरी दवीले गोल गर्न सफल भइन । त्यसपछि २५ औं मिनेटमा सावित्राको पासमा कमलादेवीले गोल गर्दै टिमको अग्रता दुई शुन्यमा पर्याइन ।
३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल गर्दै अन्तर दुई एकमा पुर्याइन ।
पहिलो हाफमा दुई एकले अगाडि रहेको गोकुलमले दोस्रो हाफमा पनि केहि मौका पाएको थियो । ६३ औं मिनेटमा सावित्रा भण्डारीले पाएको उत्कृष्ट मौकालाई आत्मसाथ गर्न सकिनन् । उनले गरेको प्रहार क्रिप्साकी गोलकिपर बचाइन ।
७२ औंँ मिनेटमा क्रिप्सा एफसीले खेल दुई-दुईको अवस्थामा पुर्यायो । उसका लागि रतन बालादेवीले गोकुलमको डिफेन्सको फाइदा उठाँउदै गोल गर्न सफल भइन ।
त्यसको दुई मिनेटमा पनि फेरी सावित्राको प्रहारलाई क्रिप्साकी गोलकिपरले बचाइन । ८६ औँ मिनेटमा गोकुलमले गोल गर्दै खेलमा फेरि अग्रता बनायो । यसपटक उसका लागि कमलादेवीको पासमा सावित्रा भण्डारीले गोल गरिन् । खेलको अन्तिममा उनको अनुहारमा चोट लागेपछि उनी सब्सिच्युट भएर बाहिरिएकी थिइन् ।
त्यसपछि क्रिप्सा खेलमा फर्कन सकेन र गोकुलमले उपाधि जित्न सफल भयो । पुरै लिगमा सावित्राको प्रदर्शन उत्कृष्ट रह्यो ।
समूह चरणमा अपराजित रहेको गोकुलमको हरेक जितमा सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् । उनले यसअघिका सबै खेलमा गोल गरेकी थिइन् । लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेकी सावित्राले १६ गोल गरेकी छिन् । प्लेअफमा अनिता बस्नेत सम्मिलित टिम सेथु एफसीलाई हराउँदा सावित्राले तीन गोल गरेकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sanjjb kumar karki
Feb. 14, 2020, 5:52 p.m.Sabitra bhandari is the female footballer and she the best striker.