ए डिभिजन लिग : जावलाखेललाई हराउँदै मनाङ लिगको तेस्रो स्थानमा

 फागुन २, २०७६ शुक्रबार १८:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुक्रबार सम्पन्न आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई एक-शून्यले हराउँदै मनाङ लिगको तेस्रो स्थान पनि लिन सफल भएको छ ।

मनाङका लागि निशान लिम्बूले ७५ औँ मिनेटमा गरेको गोल निर्णयक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा मनाङ अग्रता बनाउन सफल भयो ।

खेलको १८ औँ मिनेटमा मनाङले शुरुवाति अग्रता बनाउने मौका पाएको थियो तर मनाङका पुजन उप्रेती मौकाको सदुपयोग गर्नबाट चुके । २७ औँ मिनेटमा जावलाखेलका लागि डेडी वाम्बाले प्रहार गर्ने कोसिस गरे पनि उनी चुक्न पुगेका थिए ।

पहिलो हाफमा संघर्षरत दुबै टिम दोस्रो हाफमा पनि प्रतिश्पर्धात्मक देखिएको थियो । खेलको ७५ औँ मिनेटमा मनाङका शुसिल लामाको उत्कृष्ट पासमा निशान लिम्बु गोल गर्न सफल भए । भने जावलाखेलले निर्धारित समयभरि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

यस जितसँगै मनाङ मर्स्याङ्दी क्लबले १३ खेलबाट २८ अंक जोड्दै ए डिभिजन लिगको सुखद अन्त्य गरेको छ । भने जावलाखेल युथ क्लब लिगमा १३ खेलबाट १९ अंकसहित छैठौँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया