टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ७३ पुगेको छ । त्यसमध्ये १७ जना विदेशी नागरिक रहेका छन् ।
भारतीय गृह मन्त्रालयका अनुसार केरलमा १७, हरियाणमा १४, महाराष्ट्रमा ११, दिल्लीमा ६ र उत्तरप्रदेशमा ११ जना सङ्क्रमित भेटिएका छन् ।
त्यस्तै राजस्थानमा तीन, तेलङ्गानामा एक, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मू–कश्मीरमा एक, पञ्जाबमा एक र कर्नाटकमा चार जना कोरोना सङ्क्रमित भेटिएक छन् ।
— ANI (@ANI) March 12, 2020
विदेश भन्त्री एस जयशङ्करले बिहीबार लोकसभामा भन्नुभयाे, ‘कोरोना भाइरस फैलिनु चिन्ताको विषय हो, जिम्मेवारीपूर्वक काम गर्नु जरुरी छ ।’
भाइरसकाे सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि भारत सरकारले आउँदो वैशाख ३ गतेसम्मका सबै प्रवेशाज्ञा निलम्बन गरेको छ । स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण रोक्न राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट प्रवेशाज्ञाबाहेकका अरु सबै प्रवेशाज्ञा आउँदो वैशाख ३ गतेसम्मको लागि निलम्बन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
यस्तै प्रवासी भारतीय नागरिकलाई दिइने यात्राको सुविधा पनि आउँदो वैशाख ३ गते सम्मको लागि रोकिएको छ । यो नियम शुक्रबार रातिबाट सुरु हुने छ । आउँदो शुक्रबाारदेखि भारत आउन अनुमति पाएका सबै विदेशीले अनिवार्य १४ दिने क्वारेन्टाइन बस्ने व्यवस्था गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको कारण विश्वव्यापी महामारी घोषणा गरेलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपका सबै देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ भने भारतले पनि प्रवेशाज्ञा निलम्बन गर्ने निर्णय गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।