राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवसर गणतन्त्रले ल्याएको छ : प्रचण्ड

 जेठ ३१, २०७७ शनिबार १४:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनुभएको छ । प्रतिनिधिसभामा संविधान संशोधन दोश्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने अवसर आएको बताउनुभयो ।

देशको राष्ट्रिय स्वार्थका विषयमा सधैँ मतैक्यता रहने गरेको भन्दै उहाँले त्यसको प्रशंसा गर्नुभयो । यो सामूहिक विवेकको कुरा भएको र यसको लागि सरकार, सत्तारुढ र विपक्षी दलहरु तथा आम नागरिकलगायत सबै धन्यवादका पात्र रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधिनताको सुदृढीकरण र भौगोलिक अखण्डताको रक्षाका लागि नेपालले सधैँ एकता प्रदर्शन गर्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रचण्डले सीमा विवादसहित दुई देशबिचको असमान सन्धिहरुबारे पनि नेपाल र भारतले बसेर टुङ्ग्याउनुपर्ने र वार्तामार्फत सहमतिमा पुग्नुपर्ने बताउनुभयो । कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेक विवादित क्षेत्र हुन् र यी विषय वार्तामार्फत समाधान गरौँ भन्नेमा नेपाल र भारत दुवैले स्वीकार गरिसकेकाले वार्तामार्फत नै समाधान निकाल्नुपर्ने प्रचण्डको भनाइ छ । प्रतिनिधिसभामा संशोधन विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया