अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आजको दिन नेपालको लागि ऐतिहासिक दिन रहेको बताउनुभएको छ । नेपालको भूमि नेपालीले आफ्नो नाममा लेखाउने दिन भएकाेले यो दिन विशेष रहेको नेता महतोको भनाइ छ ।
उहाँले देशको भूमि संविधानमा लेखाउने कुरा अति नै खुसीको कुरा रहेको र यो देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा एकजुट हुने दिन रहेको पनि बताउनुभयो । जसपाका नेता महतोले सबै नेपाली जनता आफ्नो देश र भूमिप्रति सजग र संवेदनशील रहेको र यो कुरा संसदमा कामबाट देखिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा देश एकजुट हुने भए पनि आफूहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकोमा भने आपत्ति जनाउनुभयो ।
‘ए, मधेसीले पनि राष्ट्रियता देखाउँछ ? यिनीहरु पनि राष्ट्रियता मान्छन् भनेर हेपिएको छ तर एकलौटी राष्ट्रवाद हाबी हुनुहुँदैन', महतोले भन्नुभयो । नेपालको भूमि समेटेर नयाँ नक्सा संविधानमै राख्नको लागि प्रस्ताव आएको र आफ्नो दलले सहमति दिइसकेको उहाँले बताउनुभयो ।
संविधानका धेरै कुरामा आफूहरुको गम्भीर असहमति रहेको तर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको मामिलामा आफूहरु दायाँबायाँ नहुने महतोको भनाइ छ । नेता महतोले नक्सामात्रै बनाउनेभन्दा पनि भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभयो ।
उहाँले संविधान संशोधन प्याकेजमै ल्याउन चाहेको तर प्रधानमन्त्रीले मधेशी जनजातिका कुरा सुन्दै नसुनेको बताउनुभयो । उहाँले संविधानमा कैयौँ असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियता र भूमिको सवाल उठेकाेले सबै असन्तुष्टिलाई थाती राखेर जसपाले सर्वसम्मतीले समर्थन गरेको बताउनुभयो ।
नेता महताेले महाकाली सन्धि गर्नु गम्भीर गल्ती भएको बताउनुभयो । महाकाली सन्धिले नै महाकाली नदीको स्रोत छुट्याएको भन्दै नेता महतोले महाकाली सम्झौता राष्ट्रघाती सम्झौता भएको बताउनुभयो । सन्धी गर्नेहरुलाई कारबाही गर्न नेता महतोले माग गर्नुभयो । मधेशी समुदायलाई राष्ट्रघाती भनेर जहिल्यै हेप्ने गरेकोमा उहाँले गुनासो गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।