अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताकाे कारण बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को बारेमा छलफल हुने तय भएको थियो । बैककमा नेकपाले बनाएको कार्यदलका नेता भीम रावल र प्रदीप ज्ञवालीलाई पनि आमन्त्रण गरिएको थियो ।
यसैबीच नेता भीम रावलले पटक–पटक पार्टीकाे बैठक अन्तिम समयमा स्थगित गर्नु आश्चर्यको कुरा भएको बताउनुभएको छ । कुनै कारणविना नै आजको सचिवालयको बैठक सार्दा यसले अनेक शङ्का जन्माएको नेता रावलले उज्यालोलाई बताउनुभयो ।
यसले पार्टी र सरकारलाई भलो नगर्ने तथा नेतृत्वको लापर्वाही स्पष्टरुपमा देखिएको नेता रावलको भनाइ छ । ‘आजमात्र होइन पटक–पटक पार्टीकाे बैठक अन्तिम समयमा स्थगित भएका छन्, नेताहरुको यो एकलौटी पाराले धेरै शङ्का जन्माएकाे छ’ रावलले भन्नुभयो, ‘यसअघि हामीले स्थायी कमिटीको बैठकको माग गर्दा पनि सुनुवाइ भएन, पार्टीमा सिस्टम भन्ने नै छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।