पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
भक्तपुर - मध्यपुरथिमिको बोडे र कमलविनायकमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।
भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल अनियन्त्रित भएर सडकको नालीमा खसेको हो । दुर्घटनामा परेर मोटरसाइकल चालकको ज्यान गएको छ ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि विर अस्पताल रिफर गरिएको थियो । मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बा. ५ ख. ४३११ नं.को पानीको ट्याङ्करले बा. ९२ प. ७०७७ नं.को स्कुटरलाई ठक्कर दिँदा भएकाे दुर्घटनामा स्कुटर पछाडि रहेकी काठमाण्डौ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको ज्यान गएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी कार्कीलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएकाे थियाे । उनकाे उपचारको क्रममा ज्यान गएको नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई अहिले भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।