थाहा पाउनुहोस् बुधबारको विदेशी मुद्राको विनिमय दर

 असार ३, २०७७ बुधबार १०:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण ठप्प भएका कामहरु विस्तारै सुरु हुन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्न थालेका छन् । विदेशमा धेरैको कमाइ त छैन । तर पनि  यो बेला धेरथोर कमाइ छ र घरमा पैसा पठाउनेबारे सोचिरहनुभएको छ भने विदेशी मुद्राको भाउ बढिरहेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ । आज बुधबार कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३१७ रुपैयाँ ६० पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ । 

मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ४५ पैसा बिक्रीदर २८ रुपैयाँ ६० पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा पुगेको छ । 

कुवेती दिनार १ को खरिददर ३९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३२२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२३ रुपैयाँ ७४ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया