मलेसियामा कोरोना सङ्क्रमित सबै नेपाली निको भए

 असार ३, २०७७ बुधबार १४:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिक सबैजना निको भएको दावी गरिएको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र उनीहरुमध्ये सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनुभयो ।

उहाँका अनुसार दुई हप्ताअघि नै सङ्क्रमित ८१ मध्ये ४८ जना पूर्ण रुपमा निको भएको र ३३ जना निको हुने चरण थिए । पछिल्लो दुई हप्तामा कुनै कोही पनि नयाँ सङ्क्रमित नभएको र निको हुने चरणमा रहेका ३३ जना पनि निको भएको द्वितीय सचिव त्रिपाठीले दावी गर्नुभयो ।

‘यहाँ अहिले अवस्थामा सुधार आइसकेको छ, दुई हप्ताअघि ३३ जना निको हुने चरणमा हुनुहुन्थ्यो,’ द्वितीय सचिव त्रिपाठीले भन्नुभयो, ‘हामीलाई निको हुनेका तथ्याँक औपचारिक रुपमा प्राप्त हुँदैन, तर पनि उहाँहरु पनि निको भइसक्नुभएको छ ।’

मलेसियामा सुरुवाती चरणमा कोरोना सङ्क्रमण छिटोछिटो बढ्दा नेपाली श्रमिक पनि त्यसबाट प्रभावित भए । तर खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम सङ्ख्यामा नेपाली सङ्क्रमित भए । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण ज्यान पनि गयो । तर मलेसियामा सङ्क्रमित सबैले सजिलै कोरोना जितेको र कसैको पनि ज्यान नगएको दूतावासका द्वितीय सचिव त्रिपाठीले बताउनुभयो ।

मलेसियामा अहिलेसम्म ८ हजार ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७ हजार ७३३ जना निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १२१ जनाको ज्यान गएको छ । ६५१ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकडाउन खुकुलो बनाइएको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh Ojha

    June 17, 2020, 2:47 p.m.

    Good to hear such a news and pray to god for no any Nepalese will suffer from Corona Virus

  •  0 Reply

तपाईको प्रतिक्रिया