शुक्रबार ४ सय २६ जना सङ्क्रमित थपिए, २ सय १६ जना घर फर्किए

 असार ५, २०७७ शुक्रबार १६:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार ४ सय २६ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ हजार नाघेको छ । शुक्रबार २ सय १६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार ४ सय २६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । याेसँगै नेपालमा सङ्क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

यस्तै हेटौँडामा भएको परीक्षणमा ६ जनामा, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जनामा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पाेजिटिभ देखिएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ । देशभरीका विभिन्न ठाउँमा निर्माण भएका क्वरेण्टीनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया