खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - इटलीमा गएको डिसेम्बर १८ भन्दा अघि नै कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक अध्ययनले देखाएको छ ।
इटलीका वैज्ञानिकहरुले दुईवटा सहरको ढलमा रहेको फोहोर पानीमा डिसेम्बर १८ मा कोरोना भाइरस रहेको पाइएको बताएका हुन् ।
कोरोना भाइरस सुरु भएको मानिएको चीनले आफ्नो देशमा डिसेम्बरको अन्त्यमा कोरोना भाइरस भेटिएको बताउँदै आएको छ ।
इटलीमा फेब्रुअरीको मध्यमा मात्र कोरोना भाइरस पहिलोपल्ट पुष्टि भएको थियो । इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ (आईएसएस)ले इटलीमा भाइरस फैलिएको बारेमा बुझ्न गरेको अध्ययनले पुष्टि हुनुभन्दा दुई महिना अघि नै देशमा भाइरसको सङ्क्रमण सुरु भइसकेको देखाएको बीबीसीले जनाएको छ ।
इटलीमा भेटिएको प्रमाणले कोरोना भाइरस देखिएको भनिएको समयभन्दा निक्कै पहिले कोरोनाको सङ्क्रमण सुरु भएको देखाएको खबरमा उल्लेख छ । इटलीमा अहिलेसम्म २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ३४ हजार ५ सयभन्दा धेरैको ज्यान गइसकेकाे छ ।
यसैबीच स्पेनमा गरिएको एउटा अध्ययनले बार्सिलोनामा जनवरीको मध्यमा नै भाइरस सक्रिय रहेको पाइएको छ ।
स्पेनमा कोरोनाको पहिलो सङ्क्रमण पुष्टि भएको ४० दिनअघि नै भाइरस सङ्क्रमण भएको देखिएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।