नेपालका झन्डै ८० प्रतिशत जलविद्युत् आयोजनाले प्राकृतिक बहावमा ...
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – आज विभिन्न देशबाट ११९१ जना नेपाली स्वदेश फर्किएका छन् । जापानको नारिताबाट २४५ जना, कोरियाबाट २२८, कुवेतबाट १५० जना, यूएईको सारजहाबाट १६८ जना, मलेसियाबाट २४५ र बंगलादेशको ढाकाबाट १५५ जना नेपाली स्वदेश फर्किएका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै आज २६१ जना नेपाली कोरियन एअरमार्फत कोरिया गएका छन् भने २८६ कतार ट्रान्जिट हुँदै कतार एअरवेजमार्फत विभिन्न देश गएका छन् ।
मलेसियाबाट नेपाली लिएर आएको जहाजमार्फत ११ जना नेपालीको शव पनि आएको छ । लामो समयदेखि मलेसियामा रोकिएका शव आज आएको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि शव पनि ल्याउन सकिएको थिएन । यस्तै कुवेतले पनि २ जना नेपालीको शव आज ल्याएको छ ।
यस्तै साउदीमा समस्यामा परेका नेपाली ल्याउन नेपाल एअरलाइन्स साउदीका लागि उडेको छ भने आज राती यूएईको दुबई र हिमालय एअरलाइन्स कतारको दोहा जाँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।