रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोनाको कारण ज्यान गएको छ ।
अघिल्लो हप्ता कोरोना सङ्क्रमणको कारण कोही पनि नेपालीको ज्यान नगए पनि यो हप्ता कतारमा थप तीन नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । गएको ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।
अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो हप्ता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना सङ्क्रमणबाट निको भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार अहिलेसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।
संयोजक डा। सापकोटाका अनुसार यही साता अफ्रिकी देशमा रहेका ४ जना नेपालीमासमेत कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।