बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डाै – केही दिनदेखि लगातार झरी परेको काठमाण्डौमा आज बिहानदेखि घाम लागेको छ । तर दिउँसोपख बदली हुने र पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।
केही ठाउँमा भने अहिले पनि पानी परिरहेको छ । प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा पानी परेको हो । प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मनसुन सक्रिय भएकाले छिनछिनमै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । भारी वर्षा हुने क्षेत्रका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुरका ठूला साना नदीमा पानीको बहाव बढ्ने भएकाले थप सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।