एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
कञ्चनपुर – चोरीका मोटरसाइकलको नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहमा संलग्न १२ जनालाई पक्राउ गरेको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चोरीका विभिन्न कम्पनीका आठ वटा मोटरसाइकल, मोबाइल र नक्कली बिलबुकसहित १२ जनालाई सार्वजनिक गरेको छ । जसमध्ये नक्कली बिलबुक बनाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
यस्तै मोटरसाइकल चोरी तथा बिक्रीमा संलग्न रहेको अभियोगमा कञ्चनपुरको लालझाँडी गाउँपालिका १ का ४२ वर्षीय रामविलास राना, ४ का ३५ वर्षीय बहादुर राना र राम दयाल रानालाई पक्राउ परेका छन् ।
त्यस्तै वेदकोट ५ का लक्ष्मी राना, प्रदीप राना, ६ का राजकुमार राना, रामलाल, हरेन्द्र राना, १० का ३० वर्षीय सुवेश राना र शुक्लाफाँटा १२ घर भइ धनगढीमा बस्दै आएका श्याम राना रहेका छन् ।
मोटरसाइकल चोरी तथा बिक्रीमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि सोधपुछकाे क्रममा यातायात कार्यालयका कर्मचारीद्वयमार्फत नक्कली बिलबुक बनाउने गरेको तथ्य खुलेको कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो ।
उहाँले विशेष सूचनाको आधारमा प्रदेश प्रहरी र कञ्चनपुर प्रहरीको सहयोगमा आठ वटा चोरीका मोटरसाइकल किर्ते कागजात बनाइ चोरीका मोटरसाइकल बिक्रीमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको र उनीहरुमाथि सरकारी छाप किर्ते अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।