पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - यति एअरलाइन्सका क्याप्टेन प्रमोदराज पौडेलले २१ वर्षमा १५ हजार घण्टा समय आकाशमै बिताउनुभयो । २१ वर्ष र १५ हजार घण्टाको समय उहाँलाई कहिल्यै लामो र पट्यारलाग्दो लागेन ।
तर कोरोना महामारीका कारण सरकारले लकडाउन लगाएपछिका साढे चार महिना क्याप्टेन प्रमोदराज पौडेलको लागि चार दशक जत्तिकै लामो लाग्यो । किनकी आकाशमा रमाइ-रमाइ जहाज उडाउने पौडेल घरभित्रै सीमित हुनुपर्याे ।
‘सुरुका २/४ दिन त घरमै परिवारसँग रमाइयो, फुर्सद पाइयो भनेर खुसी नै लाग्यो, तर आकाशमा रमाउने मान्छेलाई घरभित्रै बस्नुपर्दा त नरमाइलो नै लाग्ने रहेछ’ क्याप्टेन पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।
‘लकडाउनको सुरु-सुरुको बेला नेपालमा रहेका विदेशीको उद्धार गरेर उड्ने जहाज हेर्थेँ, हाम्रो उडान कहिले खुल्छ होला भन्ने जान्न मन लाग्थ्यो, आकाशमा जहाज देख्दा पनि उडूँ उडूँ लाग्थ्यो’ क्याप्टेन पौडेलले लकडाउनका दिन सम्झनुभयो ।
अहिले यति एअरलाइन्सको अप्रेसन विभागका प्रमुखसमेत रहेका क्याप्टेन पौडेलले लकडाउनको केही दिनपछि उद्धार र कार्गो उडान गर्नुभयो । त्यतिबेला उहाँलाई निकै खुसी लाग्यो ।
‘लामो समयको ब्रेकपछि जहाजमा बस्दा पनि आनन्द आउने रहेछ, रमाइलो हुँदो रहेछ, जिन्दगी नै यही पेशामा समर्पित गर्छु भनेर लागेकाले होला, जहाज चलाउन नपाउँदा जहाजको खुब मिस हुँदो रहेछ’ पौडेलले भन्नुभयो ।
यति र यसको सहायक कम्पनी तारा एअरलाइन्समा अहिले चार वटा ट्विनअटर, पाँच वटा एटीआर र पाँच वटा जेट स्ट्रिम जहाज छन् । १५ वटा जहाजमा ५८ जना पाइलट छन् । सबै पाइलटले यसबीचमा जहाज र उडानलाई निकै सम्झना गरेको र कहिले खुल्छ भनेर आफूसँग निकै जिज्ञासा राखेको क्याप्टेन पौडेलको भनाई छ ।
‘तीन महिनामा हरेक पाइलटले कम्तीमा तीन वटा उडान र अवतरण गर्नुपर्ने नियम छ, त्यसैले हाम्रा ४५ जनाभन्दा धेरै पाइलटले जहाज उडाउनुभयो, त्यो बेला उहाँहरु निकै खुसी देखिनुभएको थियो’ प्रमोदले उज्यालोसँग भन्नुभयो ।
घरमै थन्किनुपर्दा एअर होस्टेजलाई पनि छटपटी
जहाजमा उड्दा पाइलटभन्दा पनि एअर होस्टेज यात्रुसँग नजिक हुन्छन्, यात्रुका सुखदुःख सुन्ने एअर होस्टेज नै हुन् । उनीहरु पनि लकडाउनको बीचमा घरमै बस्नुपर्यो ।
यो बीचमा कसैले टिकटक बनाए, कोही पुस्तक पढ्नमै व्यस्त भए, कसैले हरेक दिन जसो फिल्म हेरे, कसैले खाना पकाउने र अन्य घरायसी काम गरे । तर दैनिक उडानसँगै दिन बिताइरहेका एअर होस्टेज उडानबिना धेरै दिनसम्म कसरी खुसी हुन सक्थे र ? उनीहरुले लकडाउनको बीचमा जहाज र यात्रुलाई धेरै ‘मिस’ गरे ।
‘हरेक दिन यात्रु र जहाजसँग अट्याच हुने पेशा, कहिल्यै पनि दिक्क नलाग्ने पेशा, हरेक दिन नयाँ अनुभव सँगाल्न पाउने पेशा भएकाले होला हामी ड्युटी बाहिर रहँदा खासै रमाउन सक्दैनौँ, लकडाउनको समयमा अरु काम गरिरहँदा पनि जहाज र यात्रुको सम्झनाले छाडेन’ यति एअरलाइन्समा कार्यरत समिक्षा राज्यलक्ष्मी शाहले उज्यालोसँग भन्नुभयो ।
उडान नभएको साढे चार महिनाको बीचमा खाना बनाउने, सामाजिक सञ्जाल चलाउने, पुस्तक पढ्ने, फिल्म हेर्ने लगायतका गतिविधि गरे पनि समय कटाउन निकै असजिलो भएको समिक्षाको अनुभव छ ।
‘आकाशमा जहाज देख्दा पनि अब त म पनि उड्न पाउँछु होला, अवस्था केही सहज भएछ क्यारे जस्तो लाग्ने रहेछ, आकाशसँग त हाम्रो गहिरो सम्बन्ध रहेछ भन्ने कुरा लकडाउनमा थप आभास भयो ’ समिक्षा राज्यलक्ष्मी शाहले भन्नुभयो ।
लकडाउनकै बीचमा समिक्षा शाह एकपटक उद्धार उडानको लागि नेपालगञ्ज जानुभयो, त्यो बेला उहाँलाई कोरोनाको डरभन्दा पनि आफ्नो पेशामा फर्किन पाएकोमा खुसी लागेको थियो ।
‘परिवार त यस्तो खतराको बेलामा पनि ड्युटीमा गयो भनेर डराइरहेको थियो, चिन्ता गर्नुभएको थियो, तर मलाई भने लामो ब्रेकपछि कम्तीमा एकपटक भए पनि ड्युटी निभाउन पाउँदा उत्साह धेरै थियो, सुरक्षित तरिकाले उद्धार उडान भयो, मलाई त्यो दिन धेरै खुसी लागेको थियो’ समिक्षाले भन्नुभयो ।
लकडाउनको बीचमा पटक-पटक कम्पनीमा पुगेर सुरक्षित उडानको लागि विभिन्न निकायले बनाएका मापदण्ड र निर्देशिकाअनुसार काम गर्नको लागि तालिम लिँदा पनि उत्साह बढेको थियाे ।
‘भदौ १ गते कुरेर बसेका छौं’
सरकारले भदौ १ गतेदेखि उडान खुलाउने निर्णय गरेपछि क्याप्टेन प्रमोदराज पौडेल र एअर होस्टेज समिक्षा राज्यलक्ष्मी शाहलाई निकै खुसी लाग्यो । जहाज, उडान र यात्रुसँग तोडिएको नियमित सम्बन्ध झण्डै पाँच महिनापछि जोडिने भएपछि उहाँहरु उत्साहित हुनुहुन्छ ।
‘पहिले जति उडान त हुँदैनन्, एक तिहाइ उडान मात्रै हुन्छन होला, तर पनि ठप्प हुनुभन्दा त थोरै उडान भए पनि राम्रो हो, हामी उडानको लागि पूर्ण तयार छौं’ क्याप्टेन पौडेलले भन्नुभयो ।
विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), नेपाल नागरिक उड्डयन प्राधिकरण र यति एअरलाइन्सले समेत कोरोनाबाट बच्न विभिन्न निर्देशिका र मापदण्ड बनाएकाले ती सबैको कार्यान्वयनपछि असुरक्षित हुने डर नहुने क्याप्टेन प्रमोदराज पौडेलको भनाइ छ ।
‘विमानस्थल प्रवेश गर्दादेखि नै ज्वरो नाप हुन्छ, मास्क अनिवार्य छ, शंकास्पद व्यक्तिलाई प्रवेश नै निषेध छ, बसमा पनि २० जना मात्रै यात्रु हुन्छन्, सामाजिक दूरी कायम हुन्छ, जहाजमा पाइलट र एअरहोस्टेजले पीपीई लगाउँछन्, उडान हुनुअघि र भएपछि पनि नि-सङ्क्रमण गरिन्छ, त्यसैले जोखिम हुने सम्भावना अत्यन्तै न्युन हुन्छ’ क्याप्टेन पौडेलले ढुक्कका साथ भन्नुभयो ।
भदौ १ गतेदेखि उडान फेरि सुरु हुनै लाग्दा एअर होस्टेज समिक्षा राज्यलक्ष्मी शाहलाई पनि एउटा अनिश्चयको अन्त्य भएजस्तो लागेको छ ।
‘फलानो दिनसम्म बन्द हुन्छ भन्ने निश्चित नै नहुँदा हामी आत्तिएका थियौँ, कमसेकम अब भदौ १ गतेदेखि उडान हुने पक्का भएको छ, हाम्रो लागि यो निकै खुसीको कुरा हो, हामी त त्यो दिनको पर्खाइमा छौं’ शाहले उत्साहका साथ भन्नुभयो।
उडानको लागि उत्साहित भइरहँदा परिवार र आफन्तले भने आफ्नो बारेमा चिन्ता लिएको तर सबै निर्देशिका अपनाएर सुरक्षित तवरले उडान हुनेमा ढुक्क भएकाले आफूमा डर चिन्ता नभएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
मेराे नाम नुछे हाेइन न्हुछें हाे
Aug. 4, 2020, 2:58 p.m.केहि दिन त लकडाउन मा मेराे साथ भन्दै सबै मख्ख परे । रमाइलाे गरे । तर लकडाउनले मात्र काेरना राक्षस मर्ने हाेउन । यस बीच काेरना लाइ खेदि खेदि हत्या हुनु पर्ने मा ह्वारह्लारती काेरना ग्रस्त क्षेत्रबाट नेपालीहरु देश फिर्ता भएपछि हाम्राे क्षमता र स्वभावलाइ काेरना राक्षसलाइ नेपाल भाेजन स्थल बन्याे । काेरना किलर कहिले बन्ने निश्चित छैन । बने पनी पहिलाे हकदावीसहित घनी देशले अग्रीम ठेकापट्टा गरेका छन । यस अर्थमा हामी न लुकेर बस्न सक्छाैं न स्वतन्त्र भइ काममा निस्कन सक्छाैं । यस विषम स्थितीमा हामी पूर्ण सतर्क रही केहि जाेखिम माेलेर काममा जानु नै एक मात्र विकल्प रह्याे ।