डाेपिङ टेस्ट पाेजेटिभ आएपछि पाकिस्तानका तीन खेलाडीकाे पदक खाेसियाे

 साउन २८, २०७७ बुधबार १६:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, एक सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र चार सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई सन् २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१३ औँ संस्करणको साग नेपालमा गएकाे मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आउँदाे संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्णसहित एक सय ३२ पदक जितेको थियो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया