फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम - मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले खुकुरी प्रहार गरी छोरा तथा सहोदर भाइको हत्या गरेका छन् ।
उनले बुधबार बिहान ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । अन्धाधुन्ध खुकुरी तथा हँसिया प्रहार गर्दा शंकरका अरु २ छोरा घाइते भएका छन् ।
एउटा छोरा र भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ ।
शंकरले आफूमाथि पनि हँसिया प्रहार गरेको खुलेको छ । शंकर तथा घाइते दुई छोरा १३ वर्षका प्रकाशसिङ विष्ट र ९ वर्षका दिनेश विष्टको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
शंकरको २ वर्षदेखि मानसिक सन्तुलन गुमेको सुन्नमा आएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण अँझै खुलिनसकेको प्रनाउ खड्काले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।