घरमा आगलागी हुँदा डाेल्पामा वृद्धाकाे ज्यान गयाे
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।
बिहीवार नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएकf विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।
निर्वाचन आयोगमा पहिले नै ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता भएको छ । तर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई निर्वाचन आयोगले वैधता दिएपछि निर्णय बदर गर्न माग गर्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गतेका लागि निर्णय सुनाउने मिति तोकेको हो ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो । अहिले ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्दाकाे फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको यस निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।