यसरी छायाकंन हुँदैछ ‘छक्का पञ्जा ३’ को दोस्रो गीत

 भदौ ६, २०७५ बुधबार १६:४९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘छक्का पञ्जा ३’ को छायाकंन अन्तिम चरणमा छ । 

अन्तिम चरणको छायाकंन अन्तर्गत निर्माण पक्षले सिनेमाका केही सिनहरु रिशुट गरेको छ । यसका साथै यतिबेला सिनेमामा समावेश दोस्रो गीत छायाकंनका लागि ‘छक्का पञ्जा ३’को टोली नवलपरासी पुगेको छ ।

नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा सिनेमामा समावेश ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ बोलको गीतको छायाकंन भैरहेको छ ।

गीत छायाकंनका लागि सिनेमाका मुख्य कलाकारहरुसँगै  निर्देशक दीपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका छन् ।

निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी गु्रपको परिसरमा सिनेमामा समावेश गीतको छायांकन भैरहेको छ । छायांकनरत गीतमा अर्जुन पोखरेलको संगीत छ भने गीतका शब्द दीपकराज गिरीले लेखेका हुन् ।

यो गीतमा सिनेमाका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ । 

पहिलो गीत ‘पहिलो नम्बरमा’ले चर्चा पाइरहेको समयमा दोश्रो गीतले पनि त्यस्तै उचाइ लिने विश्वास निर्माण पक्षको छ ।

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा,  किरण केसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सान थापा (टौवा क्रियशन)को पब्लिसिटी डिजाइन र पुरुषोत्तम प्रधानको छायाकंन छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया