टाइगर र ताराबीचको निकटताले दिशा तनावमा

 भदौ ८, २०७५ शुक्रबार १२:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता टाइगर श्राफ र दिशा पटानीले एकअर्काबीचको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार नगरे पनि दवैले कहिले कफि त कहिले डिनर डेटको बहानामा एकअर्काको साथमा समय बिताइ रहेका हुन्छन् । यही निकटताका कारण यि दुवै एकअर्काको गहिरो प्रेममा रहेको कुरा कसैबाट लुकेको छैन । तर अहिले भने यि दुवैबीचको सम्बन्धमा केही समस्या आएको छ । 

अभिनेता टाइगर श्राफ अहिले छायांकन भैरहेको उनको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ की अभिनेत्री तारा सुतारियासँग छोटो समयमै नजिक भइरहेका छन् । यही निकटता अभिनेत्री दिशा पटानीलाई चित्त बुझेको छैन । उता अभिनेत्री तारा सुतारियाका प्रेमी रोहन मेहरा पनि तारा र टाइगरको बढ्दो निकटताका कारण तनावमा छन् । 

टाइगर र तारा भेट हुँदा त एकअर्काको साथमा रमाइलो गर्छन् नै, भेट नहुँदा पनि फोनमार्फत च्याट गरिरहेका हुन्छन् । भर्खरै चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले आयोजना गरेको पार्टीमा समेत टाईगर र तारालाई एकअर्काको साथमा रमाइलो गरिरहेका खबर विभिन्न मिडिया आएका थिए । 

केही दिन अगाडि टाइगर श्राफ र दिशा पटानी डिनरका लागि साथमा गएका थिए । यि दुवै एकअर्काको साथमा निकै खुशी देखिएका थिए । तर अहिले टाइगर र ताराबीचको बढ्दो मित्रताले दिशालाई दुःखि बनाएको छ । 

अभिनेत्री तारा सुतारिया ७ वर्षको उमेरदेखि गायन क्षेत्रमा संलग्न छिन् भने फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ मार्फत बलिउडमा डेब्यू गरिरहेकी छिन् । फिल्म क्षेत्रमा आउनु अघि नै रोहन मेहरासँग पे्रममा रहेकी तारा र टाइगर बीचचको नयाँ मित्रताले यि दुवैको पुरानो सम्बन्धलाई कत्तिको असर पार्नेछ त्यो त समयले नै बताउनेछ । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया