नयाँ नक्सामा समेटिएकाे जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ : अध्यक्ष ओली

 मंसिर १०, २०७८ शुक्रबार १६:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताउनुभएको छ ।

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उहाँले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्नेसमेत बताउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताउनुभयो । जग्गा फिर्ता नलिएसम्म दबिएको र हेपिएको अनुभूति भइरहने उहाँको भनाइ छ ।

ठूला–साना, गरिब–धनी जे भए पनि सबै देशको सार्वभौमसत्ता समान रहने र समान हिसाबले व्यवहार हुनुपर्नेमा उहाँको जोड छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहेको उहाँको भनाइ छ ।

साथै अध्यक्ष ओलीले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्नेसमेत बताउनुभएको छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया