आशिका तामाङ स्वयम्भूबाट पक्राउ
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र देखिएको कमजोरीको निर्मम आत्मसमीक्षा गरेको बताउनुभएको छ ।
पार्टीको पालिका र शाखा समितिको अधिवेशनलाई भर्चुअल उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी भएको स्वीकार गर्नुभएको हो । उहाँले केही महिनाभित्र माओवादी केन्द्र एक नम्बर पार्टी बन्ने दाबी समेत गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रले आज पालिका तह तथा सम्पर्क समन्वय समिति र विशेष समितिको सम्मेलन आयोजना गरेको छ । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आजको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ ।
माओवादीले आउने पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । पार्टी सङ्गठनलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक चुनावलाई पनि स्वीकार गरिएको माओवादीले जनाएको छ । गएको मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।