केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत निर्णय गर्नु आपत्तिजनक : भीम रावल

 मंसिर १२, २०७८ आइतबार १८:१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीकाे दशाैँ महाधिवेशनमा विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ । नेता रावलले केहीबेरअघि समाजिक सञ्जालमा महाधिवेशनलाई लिएर आपत्ति जनाउनुभएकाे हाे । 

उहाँले महाधिवेशनको चुनावसम्बन्धी प्रक्रिया पूरा नगरिकन केही व्यक्तिले अन्यत्र बसेर पार्टी विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाउनुभएकाे हाे । 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो । तर यसमा ढिलाइ भएपछि नेता रावलले आपत्ति जनाउनुभएकाे हाे ।

उहाँले ट्विटरमा लेख्नुभएकाे छ, एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरि केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया