साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनुभएको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई देशकाे बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
आज आइतवार काठमाण्डाैमा शपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरूको भावनामाथि चोट नपुर्याइ आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढतासमेत व्यक्त गर्नुभयो । उहाँले अनुभवी नेताहरूको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताउनुभयो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ भन्ने आशङ्का छ । पार्टीमा म मात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरू हुनुहुन्छ अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ । उहाँहरूको साथ लिएर अघि बढ्छौँ । कहीँ पनि त्रुटि गर्दैनौँ । म आत्मविश्वासी छु । म गल्ती गर्दिनँ, धोका दिन्नँ । कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिनँ भन्ने मेरो मनमा लाग्छ । मेराे जीवनमा अनेक संयोग छन् । म दुईचोटि मृत्यको मुखबाट फर्केर आएको मान्छु हुँ । एकचाेटि माओवादी द्वन्द्वका बेला माओवादीहरूले सहरबीचमा पर्केर, निर्घात कुटपिट गरेर अब यो मान्छे बाँच्दैन, बाँच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आए । अस्ति यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईँहरूको बीचमा हुँदैन थिएँ । नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्न म नेतृत्वमा आएको होइन । मलाई विश्वास छ– हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरूको जीवनकालमै यो देशको बलियो शक्ति भएको देखाउँछौँ । त्यो विश्वासका साथ हामी काम गर्छाैँ ।’
नवनिर्वाचित अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरूले राप्रपालाई देशको अग्रणी पार्टीको रूपमा अघि बढाउने बताउनुभयो । उहाँले अब पार्टीभित्र कुनै पनि गुट नभएको दाबीसमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।