दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको जोखिम कम हुने ...
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उहाँले 'समुन्नत नेपाल–सम्मानित नेपाली' को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । ‘२०७८ काे अधिवेशनपछि कांग्रेसकाे लक्ष्य भनेकाे नेपाललाई समुन्नत बनाउने र नेपालीलाई सम्मानित बनाउने हाे’, नेता थापाले भन्नुभयाे ।
नेता थापाले याे कार्यदिशालाई अघि बढाएर नागरिकले आउँदाे चुनावमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले चुनाव आफैँ जित्ने नागरिककाे राेजाइकाे कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताउनुभयो ।
नेता थापाले भन्नुभयो, ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैँ जितिन्छ । आफैँ आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन् । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’
नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन भाेलि शुक्रवारदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।