कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा प्रचण्ड र नेपाल सहभागी, ओली अझै अनुपस्थित

 मंसिर २४, २०७८ शुक्रबार १४:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएकाे छ । उद्घाटन समाराेहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता पुग्नुभएको छ ।

उद्घाटन सत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइरालालगायत नेता उपस्थित भइसक्नुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेता उद्घाटन समाराेहमा उपस्थित हुनुभएकाे छ । तर नेकपा (एमाले) का अध्यक्ष केपी ओली भने सहभागी भइसक्नुभएकाे छैन । 

आज शुक्रवार दिउँसो १ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही ढिला गरी सुरु भएकाे हाे । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया