शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ । आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले 'नेपाल सुशासन पार्टी' घोषणा गर्नुभएको हो । उहाँले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताउनुभयो ।
पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरूलाई म राजनीतिक पेसाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरूलाई भनेको छु– सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरू पेसाकर्मी भए, मेवा खाए, नागरिकहरूलाई केही वास्ता गरेनन् । हामी तपाईँहरूलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’
पूर्वडीआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवामात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताउनुभयो । उहाँले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर नागरिकलाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Anjan bayalkoti
Dec. 12, 2021, 2:51 p.m.एकदमै उचित निर्णय गर्नुभयो रमेश खरेल ज्यू , देशमा क्रान्ति त आयो , तर घीनलाग्दो क्रान्ति आयो/ अब रमेश खरेललाई म आँखा चिम्लेर विश्वाश गर्नसक्छु , त्यसैले मैले चिनेजानेका सबैले उहाँलाई विश्वाश गर्नुहोला / अनि रमेश जीलाई आत्मै देखि समर्थन गर्दै धन्यवाद भन्न चाहन्छु /