सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गर्नुभएको छ । आज शुक्रवार नेकपा (एस) सम्बद्ध जनसङ्गठनद्वारा आयोजित अमेरिकी सहयाेग एमसीसीविरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताउनुभएको थियो । नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको प्रतिवेदनहरू लिएर आउन पनि चुनौती दिनुभयो । उहाँले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताउनुभयो । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्याे म पनि गल्ती गर्छु भन्ने ढङ्गले राष्ट्रघाती कदमहरू चालिएको आरोप लगाउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘एमसीसी सम्झौता झलनाथ खनाल प्रधानमन्त्री हुँदा सुरु भएकाे भनेर केहीले प्रचारप्रसार गरिरहेका छन् । यो सय प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु । एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पनि अघि बढाएका छैनौँ । त्यो बेलामा हामी त्यो हैसियतमा पनि थिएनौँ । त्यतिबेला हामी संविधान बनाउन केन्द्रित थियौँ । त्यो भन्दा पछाडि जुन सरकार बन्यो, सायद भित्रभित्रै त्यसका काम हुँदै थिए । एमसीसी ल्याउनका लागि डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर त्यो सुरुवात भएको कुरा दिउँसोको घामजत्तिकै छर्लङ्ग छ । यसलाई कसैले छोपेर छोप्न सक्दैन । मेरो कार्यकालमा कुनै कुराहरू भएको छ भने त्यो प्रतिवेदन लिएर आउन म चुनौती दिन्छु ।’
नेता खनालले छिमेकी देशलाई रुष्ट बनाएर टाढाको देशलाई रिजाउन खोजे त्योभन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरू कुनै नहुने दाबी गर्नुभयो । उहाँले छिमेकी देशहरूलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्नसक्ने बताउनुभयो । उहाँले छिमेकी देश चीन र भारतका विरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा निम्तिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।