सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गर्नुभएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले याे सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औपचारिक रूपमा सहभागिता नजनाए पनि अनौपचारिक रूपमा सहयोग गरेको बताउनुभएको हो । उहाँले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखी संसदबाट पारित गराउन अनौपचारिक ढङ्गले भए पनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवादसमेत दिनुभयो ।
याे परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझबुझपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंसा गरेको प्रवक्ता महतको भनाइ थियो । उहाँले भन्नुभयो, ‘एमसीसी सही ढङ्गले संसदबाट पारित भयाे । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभए पनि उहाँहरूको पनि यसमा सहयोग रह्यो । हामीले यसरी बुझेको छौँ । समग्र नेपाली जनताले पनि नेपाली कांग्रेसको सुझबुझपूर्ण निर्णय र नेतृत्वको प्रशंसा गरिराखेका छन् । नेपाली कांग्रेसले सत्ता हुँदा पनि र सत्ताबाहिर रहँदा पनि यथार्थ कुरो राखिराख्याे । त्यसलाई पनि नेपाली जनताले प्रशंसा गरेका छन् ।’
प्रवक्ता महतले एमसीसी सम्झौता पारित गराउन सबै दलको सहयोग रहेसँगै यसबारे जनस्तरमा उठेका भ्रमहरूको पनि निवारण भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढ्न आफ्नो पार्टी लागिरहने प्रतिबद्धता पनि जनाउनुभयाे ।
एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्कसमेत गर्नुभयो । उहाँले एमसीसीको प्रतिवेदन र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, ‘बाँकी अझै केही भ्रम र अफवाह छन् भने त्यसलाई पनि मेट्न पार्टी निरन्तर लागिरहन्छ । यो विशुद्ध विकास सहयोग हो । विकास परियोजना हो । यसको अरू कुनै उद्देश्य छैन । यो कुरालाई हामीले व्याख्यात्मक घोषणामा पनि उल्लेख गरेका छौँ ।’
प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत् प्रसारण लाइन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताउनुभयो । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यकताअनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।