सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै - माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । अस्ति शुक्रवारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
आजको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठानिक विषयमा छलफल हुने पार्टीका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । राष्ट्रिय सभागृहमा शुक्रवार बसेको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले एमसीसीमाथि धारणा राख्नुभएको थियो । प्रचण्डले नेता श्रेष्ठले राखेको असन्तुष्टिबारे व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने आफ्नो निर्णय बाध्यात्मक परिस्थितिको उपज भएको भन्दै बचाउ गर्नुभएको थियो ।
नेता श्रेष्ठले एमसीसीका विषयमा फरक मत राखे पनि पार्टी एकतामा जोड दिनुभएको थियो । एमसीसी अनुमोदनपछि गएको सोमवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विरोध गर्नेहरु पार्टी छाडेर जान सक्ने सङ्केत गर्नुभएको थियो । त्यसपछि नेता श्रेष्ठले आफूनिकट नेताहरुसँग छुट्टै छलफल समेत गर्नुभएको थियो ।
माओवादीको आठौँ महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य चयन गरे पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन । विधानअनुसार २९९ केन्द्रीय समिति हुने व्यवस्था छ, जसमा ६३ जना मनोनीत गर्न बाँकी छ । जारी केन्द्रीय समिति बैठकले स्थायी र पोलिटब्युरो गठन र केही केन्द्रीय सदस्य मनोनीत गर्नेछ ।
विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । गएको पुस १९ गतेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर त्यसयता माओवादीले अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।