स्थानीय तहकाे चुनाव सार्न 'अर्ली इलेक्शन' काे कुरा उठाइएकाे त हाेइन ? : नेम्वाङ

 फागुन २२, २०७८ आइतबार १७:२७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको चुनाव सार्नका लागि 'अर्ली इलेक्शन' को कुरा उठाइएको बताउनुभएकाे छ । आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भन्नुभयो, ‘अहिले अर्ली इलेक्शनकाे कुरा उठाइएकाे छ । पहिला संसद् विघटन गरेर चुनावमा अलि चाँडाे जनताबीचमा जानुपर्‍याे भन्दा त्यसलाई प्रतिगमन भन्ने साथीहरूले अहिले फेरि संसद् भङ्गल गरेर अर्ली इलेक्शन भनिरहेका छन् । कतै हेरेर कतै हिर्काउने भन्ने छ नि ! यसबाट पनि बुझ्नुस् कि उहाँहरूको सोझो हिँडाइ छैन । उहाँहरू स्थानीय तहको चुनाव भाँड्न लाग्ने, त्यसलाई पर पुर्‍याउने कुरामा लागेकाे जस्ताे देखिन्छ । तर एउटा कुरा के हो भन्दा हामीले विशेष कारणवशमा जनतामा जाउँ न भनेकै हो । त्यसमा हामी अडिग छौँ ।’

यसैबीच उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले  संविधान, कानुन र अभ्यासअनुसार अगाडि बढेर महत्त्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताउनुभयो ।

महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्‍याउनका लागि भूमिका खेल्न पनि त्याे समितिमा नाम दिएको उहाँले उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया