सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रवार अध्यक्ष शेर्पाले नेपाल विद्यार्थी सङ्घको सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै उहाँले सङ्गठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेविसङ्घ अब राजनीतिक मुद्दाहरूमा नभइ शैक्षिक मुद्दाहरूलाई अघि बढाउनतर्फ लाग्ने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष शेर्पाले अब नेविसङ्घले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेविसङ्घका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय चुनावलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसङ्घले अब काम गर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसङ्घको नेतृत्वलाई लिएर उमेर हदको कुरा चले पनि अबको नेतृत्वले युवा अवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।