१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ बजेर २५ मिनेटमा नयाँदिल्ली प्रस्थान गर्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएका प्रधानमन्त्री देउवाले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा प्रधानमन्त्रीसहित उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी ५० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवाले भोलि भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडू, विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपाल–भारतबीच महत्वपूर्ण सन्धि सम्झौता भने हुने छैनन् । देउवाले भारत नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमण पुरा गरी देउवा आइतबार बेलुका सवा ६ बजे नेपाल फर्कने तालिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।