१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
बारा – जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणनामा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा आज शुक्रवार तालाबन्दी गरेका छन् ।
नवनिर्वाचित सभापति राजेश राय यादव समूहले हिजाे बिहीवार रातिको सयममा मतपत्र रहेको कोठाको ताल्चा फाेडेर आफू पक्षीय कार्यसमिति सदस्यहरूलाई विजयी घोषणा गराएको आरोप लगाउँदै निर्वतमान सभापति जयचन्द्र चौरसिया र नवनिर्वाचित उपसभापति मनोज भट्ट नेतृत्वको नेता, कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेपाली कांग्रेस बाराको १४ औँ जिल्ला अधिवेशनमा पालिकातर्फका ४३ जना जिल्ला कार्यसमितिको मतगणना प्रक्रिया चलिरहँदा निर्वाचन क्षेत्र नम्बर ४ को चार वटा मतपेटिकामा चार सय ९१ मत पत्र खसेको मुचुल्का उठाइएकोमा तीन वटा मत पेटिकाको मत गन्दा चार सय ९३ मतपत्र भेटिएपछि सभापतिका उम्मेदवार शम्भु बुढाथोकी समूहले मतगणना स्थगित गराएको थियो ।
निर्वाचन क्षेत्र नम्बर १, २, ३ को पालिकास्तरीय जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणना सम्पन्न हुँदा जिल्ला सभापतिमा निर्वाचित यादव समूहबाट उम्मेदवार बनेकाहरू एक मतले पछाडि परेका थिए । खसेको मतभन्दा बढी मतपत्र भेटिएको निर्वाचन क्षेत्र नम्बर ४ को फेरि मतदान गराउन नवनिर्वाचित उपसभापति भट्टले पत्रकार सम्मेलनमार्फत माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।