१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
कास्की – स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले स्थानीय तह चुनावमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयाे ।
सभापति शर्माको अध्यक्षतामा भएको प्रदेश र जिल्ला स्तरका नेताहरुको बैठकले स्थानीय चुनावका लागि प्रदेश स्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्ने सहमति भएको हाे । गठबन्धनका गण्डकी प्रदेश भित्र दलहरुले आगामी आ–आफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरणमा तहतका संगठनबाट संकलन गरि विस्तृत विवरण आगामी बैठकमा पेस गर्ने निर्णय भएको सभापति शर्माले बताउनुभयाे ।
गठबन्धनको आगामी बैठक चैत २२ गते बसेर थप छलफल गर्ने उहाँको भनाई थियो । बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतका गण्डकी प्रदेश स्तरका शीर्ष नेता छलफलमा सहभागीता जनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।