देउवा र माेदीद्वारा साेलु करिडाेर प्रसारण लाइनकाे उद्घाटन

 चैत १९, २०७८ शनिबार १३:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ ।

नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा आज शनिवार आयोजित समारोहमा उहाँहरूले एक सय ३२ केभी प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलासम्मको प्रसारण लाइन ९० किलोमिटर लामो रहेको छ । करिडोरमा तीन सय दुई वटा टावर रहेका छन् ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भएको हो । सोलु करिडोर नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बै्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया