सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ : कमल थापा

 चैत २५, २०७८ शुक्रबार १६:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदाे पालिका चुनावमा नेकपा एमालेकै चुनाव चिह्न लिएर सहभागी हुन इच्छुक रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित पालिका चुनावकाे घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

अध्यक्ष थापाले भन्नुभयो, ‘पालिका चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ । नेकपा एमालेका केन्द्रीय तहका नेताहरूसँग हामी छिट्टै नै दुई पक्षीय कुराकानी गरेर निष्कर्षमा पुर्‍याउने छौँ । नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सक्ने सम्भावनाका बारेमा जानकारी गराउन चाहन्छु । यो निर्णय होइन, पार्टीको धारणा हो ।’

अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेबारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया